काठमाडौं । मलेसियामा आजबाट सुरु हुने यू-१९ महिला टी-२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल आजै खेल्दैछ ।
पहिलो खेलमा आज नेपालले बिलयो प्रतिष्पर्धी बंगलादेशसको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको पहिलो खेल दिउँसो सवा १२ बजे मलेसियाको बाङ्गीस्थित यूएसडी(यूकेएम क्रिकेट ओभलमा हुँदैछ । नेपालको कप्तानीमा पूजा महतो सम्हाल्दैछिन् भने बंगलादेशको कप्तानी सुमैया अख्तरले गर्दैछिन्। विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ।
दोस्रो संस्करणसम्म आइपुग्दा पहिलो पटक खेल्न लागेको नेपाल समूह ‘डी’मा परेको छ। समूह डी मा नेपालसँगै बंगलादेश, अष्ट्रेलिया र स्कटल्याण्ड पनि रहेका छन् । नेपालले माघ ७ गते स्कटल्याण्डसँग र माघ ९ गते अष्ट्रेलियासँग खेल्नेछ। अष्ट्रेलिया र बंगलादेश दुबै नेपाल भन्दा बलिया टिम हन्।
टेष्ट क्रिकेट खेल्ने यी राष्ट्रहरुलाई हराएर नेपाले आफ्नो सुपर ६ को यात्रा तय गर्ने दाउमा रहेको छ ।
प्रतिक्रिया