९ बैशाख २०८२, मंगलबार । April 22, 2025

सेमिफाईनलमा भारत र इङ्ल्याण्ड भिड्दै



एजेन्सी। अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपमा बंगलादेशलाई ७१ रनले पराजित गरी भारत समूहको विजेताका रुपमा सेमिफाइनल खेल्ने भएको छ ।

समूहको अन्तिम खेलले यो समूहको विजेता टुंगो लागेको हो । पाकिस्तान समूह उपविजेता बनेको छ । आइतबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएपछि नै सेमिफाइनलमा स्थान पक्का गरेको भारतले समूह २ मा ५ खेलबाट ८ अंक जोड्यो । दक्षिण अफ्रिका हारेपछि अर्को खेलमा बंगलादेशलाई पराजित गर्दै ६ अंक जोडेको पाकिस्तान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्‍यो ।

५ अंक जोडेको दक्षिण अफ्रिका भने सुपर-१२ बाटै बाहिरियो । सुपर १२ चरणका खेलको समाप्तीसँगै विश्वकप सेमिफाइनल समीकरण पनि पूरा भएको छ । समूह एकबाट न्युजिल्याण्ड र इंग्ल्याण्ड क्रमसः विजेता र उपविजेताका रुपमा यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । सेमिफाइनलमा न्युजिल्याण्डले पाकिस्तानसँग र भारतले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

न्युजिल्याण्ड र पाकिस्तानबीचको पहिलो सेमिफाइनल नोभेम्बर ९ मा सिड्नीमा हुनेछ भने दोस्रो सेमिफाइनल नोभेम्बर १० मा एडिलेडमा हुनेछ । फाइनल खेल नोभेम्बर १३ मा मेलवर्नमा हुनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विद्यालयको चावी बोकेर कर्मचारी पनि आन्दोलमा ! पेचिलो बन्दै शिक्षक आन्दोलन

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनमा कडाइ ल्याउँदै सबै

लिग–२ को तयारीमा नेपाल, ५२ खेलाडीसहित ‘कोर क्याम्प’ सुरु गर्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आइसीसी विश्वकप

सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकममा कमी

काठमाडौं । मंगलबार, सेयर बजारमा ९.९६ अंकको गिरावट आएको छ।

सिंहदरबारका सबै मन्त्रालयमा मेलम्ची पानी जडान गर्ने निर्णय

काठमाडौं । सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गर्ने

शिक्षकलाई उक्साउँदै प्रचण्ड ! आन्दोलन नरोक्न अपिल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक आन्दोलनलाई