२ माघ २०८१, बुधबार । January 15, 2025

यू-१९ महिला विश्वकपः नेपालले आज अमेरिकासँग दोस्रो अभ्यास खेल खेल्दै



काठमाडौं । यू-१९ विश्वकप खेल्न मलेसिया पुगेको नेपालले आज अमेरिकासँग दोस्रो अभ्यास खेल खेल्दैछ ।

अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दोस्रो अभ्यास खेल खेल्न लागेको हो । गत सोमवार मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव १ ओभरमा सय रनमात्र जोडेर पराजित हुन पुगेको थियो ।

सो खेलमा नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाएका थिए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप ‘डग शो’का लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं । आउँदो माघ ५ गतेदेखि ललितपुरको जाउलाखेल फुटबल ग्राउण्डमा

यू-१९ महिला विश्वकपः दोस्रो अभ्यास खेलमा नेपालले अमेरिकालाई दियो ५९ रनको झिनो लक्ष्य

काठमाडौं । आइसीसी यू १९ महिला विश्वकप अघिको दोस्रो अभ्यास

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून पक्राउ

एजेन्सी । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक युल पक्राउ

यू-१९ महिला विश्वकपः नेपालले आज अमेरिकासँग दोस्रो अभ्यास खेल खेल्दै

काठमाडौं । यू-१९ विश्वकप खेल्न मलेसिया पुगेको नेपालले आज अमेरिकासँग

मौसम पूर्वानुमानः आज कहाँ-कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना