९ चैत्र २०८२, सोमबार । March 23, 2026

माघ १ गते मंगलबारको तपाईँको राशिफल कस्तो छ ?


१ माघ २०८१, मंगलबार  

666
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल मघ १ गते मंगलबार ।

ई.सं. २०२५ जनवरी १४, नेपाल सम्बत ११४५ । आज नेपालमा सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३० मा हुनेछ । आज कुनै शुभ कार्यको शुरुवात वा शुभ यात्रामा निस्कँदा शुभ समय १०ः५३ मिनेट देखि १२ः१३ मिनेटसम्म रहेको छ । अब सुरु गरौँ ज्योतिष पण्डित हरिप्रसाद भण्डारीले तयार पार्नुभएको आजको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कार्यालको काममा खासै परिश्रम गर्नु पर्दैन । घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । शंकालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । कुनै झूठो आक्षेप व्यहोर्नुपर्ने वा झैझगडा को सम्भावना रहेकोले सचेत रहनुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा नोक्सानी हुनसक्छ । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । मिहिनेतले राम्रो नतिजा प्राप्त हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अचानक कुनै मित्रसँग भेटघाट हुनसक्छ । उपहार वा धन प्राप्त हुने योग छ । आफ्नो कामले आफुभन्दा माथिल्लो कर्मचारीलाई खुसी पार्न सकिनेछ । प्रयास गर्दा आँटेको काम सफल हुनेछ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा मन हर्षित हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
काममा बाधा आउने वा ढिलो हुने सम्भावना छ । उधारोमा गएको धन वा ऋणकारोबार मुख्य बिषय बन्नसक्छ । चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदिको कारोबार गर्दा प्रशस्त लाभ मिल्नेछ । जीवनसाथी र परिवारका सदस्यहरुको पूर्ण सहयोग रहने दिन छ । हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनको हठ र कुुण्ठामा भुलिने समय छ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ । नजिकको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्दै हुनुहुन्छ भने सावधानी अपनाउनुहोला । सेवाग्राही र आफुभन्दा माथिल्लो तहको कर्मचारिसँग कुनै पनि बहसमा नअलमलिनु नै उपयुक्त होला । सामान्य मानेको कुराले नै तनाव बढाउने खतरा देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ योजना कार्यान्वयन गर्नका लागि उपयुक्त समय छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा लाभ मिल्नेछ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन् । आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, जीवनसाथिसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक कारोबार गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखमय नै देखिन्छ । थप जिम्मेवारी र दायित्व बढ्न सक्छ । घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । कुनै परीक्षा वा प्रतिस्पर्धामा सहभागी जनाउँदा सकारात्मक नतिजा मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखिँदा लाभ मिल्नसक्छ । शरीर हलुका र मन प्रसन्न रहनेछ । गरेको मिहिनेत र भएका प्रयासको राम्रो परिणाम प्राप्त हुने समय छ । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जीवनसाथिको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन । आफ्नो खुसी र सुस्वास्थ्यका निम्ति समय छुट्याउनु उपयुक्त होला । कुनै महत्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ । सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ । स्वास्थ्य समस्याले समेत सताउने हुँदा सचेत हुनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पतिपत्निका बीचमा समझदारी बढ्नेछ । कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्दा भविष्यमा काम लाग्नेछ । रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति आकर्षणसमेत बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो । स्वास्थ्यस्थिति एवं आहार÷विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ । लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउन सकिने छ । अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नसक्छ । एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । सोच्ने सामथ्र्यमा कमी भएको आभास हुनेछ । एकान्तमा मात्र मन रमाउन खोज्ने भएकाले सामाजिकता र सहकार्यमा ध्यान दिनु ठीक होला । आफुभन्दा तल्लो तहको कर्मचारीको अभावमा कारोबार प्रभावित बन्नसक्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ६ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो