२० श्रावण २०८३, बुधबार । August 5, 2026

केनेल क्लबको आयोजनामा तेस्रो ‘बाइरो ब्रिड च्याम्पियनसिप डग शो’ माघ ५ मा हुने



काठमाडौं । नेपालमा तेस्रो पटक कुकुर नस्ल सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय कुकुर उत्पादन गर्ने उद्देश्यले केनेल क्लब अफ नेपालले बाइरो च्याम्पियनसीप डग शो’आयोजना गर्ने भएको छ।

क्लबका सचिव बिबेश श्रेष्ठले आउँदो माघ ५ गते ललितपुरको जाउलाखेल फुटबल ग्राउन्डमा उक्त शोको आयोजना हुने बताएका छन् । यो पहलले उच्च गुणस्तरका कुकुरहरूको उत्पादन, नस्ल सुधार, र कुकुरपालकहरूको प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन ।

श्रेष्ठका अनुसार यसपटकको च्याम्पियनसिप शोमा पहिलो र दोस्रो शोको तुलनामा सहभागी कुकुरहरूको संख्या बढ्ने अनुमान गरिएको छ। अघिल्लो दुई शोमा ३५ जातका कुकुरहरूले प्रतिस्पर्धा गरेका थिए, जसमा १५३ उच्च गुणस्तरका कुकुरहरूले भाग लिएका थिए। यसपटकको प्रतियोगितामा हस्की, जर्मन शेफर्ड, गोल्डेन रिट्रिबर, पग, ल्याब्रोडर, डालमेशियन, सेन्ट बनोर्ड, इंग्लिश ककर स्पानियल, नियपोलिटन मास्टिफ, डोबर्मन, बिगल, पोमेरिनियन जस्ता थुप्रै प्रजातिका कुकुरले सहभागी हुने आयोजकले जनाएको छ भने कुकुरका लागि अनिवार्य रूपमा भ्याक्सिन लगाइएको हुनुपर्नेछ।

साथै, कुकुरको स्वास्थ्य अवस्था दक्ष पशु चिकित्सकद्वारा परीक्षण गरिनेछ, र केवल तीन महिनाभन्दा माथिका उमेरका कुकुरहरूलाई मात्र शोमा सहभागी गराइने आयोजकले जनाएको छ । यसमा एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त जज संजय गुरुङ रहेका छन् । सहभागी कुकुरहरूले पहिले आफ्नो जातभित्र प्रतिस्पर्धा गर्ने र जसमा उत्कृष्ट ठहरिएका कुकुरहरूले अर्को चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् र त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त जजहरूको टोलीले उत्कृष्ट कुकुरको छनोट गर्ने क्लबका सचिव श्रेष्ठले जानकारी दिए ।

कुकुरको नश्ल सुधार गर्ने र उन्नत जातको कुकुर उत्पादन गर्न सहयोग र्पुयाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सचीव श्रेष्ठले बताए । ‘डग शो’ बाट कुकुर च्याम्पियन भएपछि वल्र्ड केनल युनियनमा आवद्ध भएका सबै देशमा उक्त कुकुरले प्रतिस्पर्धा गर्न पाउँछ र साथै उसको बच्चासमेत च्याम्पियनको उपाधिले चिनिन्छ । त्यस्तो च्याम्पियनको बच्चा अन्य कुकुर भन्दा मंहगोमा बिक्री हुन्छ ।

उक्त शोले कुकुरहरूको पुर्खा, रोग प्रतिरोध क्षमता, र उत्पादन क्षमताको रेकर्ड राख्ने उद्देश्यले ब्रिड क्लबको स्थापना गरेको छ। यसले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि कुकुर नस्ल सुधार र पशु व्यवस्थापनको क्षेत्रमा ठूलो योगदान र्पुयाउने अपेक्षा गरिएको छ। विश्वव्यापी रूपमा कुकुर च्याम्पियनसिप शोको परम्परा सन् १७७३ बाट सुरु भएको मानिन्छ।

नेपालमा यस प्रकारका शोहरूको निरन्तर आयोजना हुनु देशको कुकुर नस्ल सुधारमा मात्र नभई पशुपालन व्यवसायलाई प्रोत्साहित गर्न पनि महत्त्वपूर्ण मानिएको छ। यो च्याम्पियनसिप शोले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न र भविष्यमा गुणस्तरीय नस्लका कुकुरहरूको उत्पादनमा मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  २ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर