६ आश्विन २०८३, मंगलबार । September 22, 2026

अमेरिकामा हिमआँधीका कारण ५ जनाको मृत्यु, कैयौँ स्थानमा सङ्कटकाल


२३ पुस २०८१, मंगलबार  

24
Shares

एजेन्सी । अमेरिकामा हिमआँधीका कारण पाँच जनाको ज्यान गएको छ ।

केही दिनदेखि अमेरिकाको विभिन्न राज्यमा परेको बाक्लो हिमपात, चिसो हावा र हिमआँधीका कारण कठ्याङ्ग्रिएर र दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको हो । मिसौरी राज्यमा हिमपातको समयमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कान्सासमा कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चिसोले कठ्याङ्ग्रिएर टेक्सासमा एक जना र भर्जिनियामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

अमेरीकी अधिकारीहरूले स्थानीयवासीहरूलाई प्रभावित क्षेत्रमा गाडी नचलाउन आग्रह गर्दै आएका छन् । चिसोका कारण धेरै विद्यालयहरु बन्द हुनुका साथै यात्रामा अवरोध भइरहेको छ ।अमेरिकाको सात राज्यहरु मेरील्याण्ड, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, मिसौरी, केन्टकी र अर्कान्सासमा आपत्काल घोषणा भएसँगै हिमपातका कारण विद्युत पनि कटौती हुँदा लाखौँ मानिस हिजो बेलुकादेखि प्रभावित भएका छन् ।

खराब मौसमका कारण दुई हजारभन्दा धेरै उडानहरू रद्द भएका छन् भने झण्डै ६ हजार पाँच सय उडानमा ढिलाइ भएको खबरमा उल्लेख छ । मौसमविद्हरूका अनुसार हिमपात र चिसो हावा अझै केही हप्तासम्म देशको केही भागमा रहिरहने अनुमान छ । वासिङ्टन डीसीको मेरील्याण्ड र भर्जिनिया ५ देखि ९ इन्चसम्म हिउँ जमेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाको न्युयोर्कलगायत अरु विभिन्न ठाउँमा पनि हिमपात र चिसो आँधीले लाखौँको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ९ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा