२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एकाबिहानै शक्तिशाली भूकम्प, त्रासमा खुम्बु क्षेत्रका बासिन्दा


२३ पुस २०८१, मंगलबार  

915
Shares

सोलुखुम्बु । मंगलबार बिहान चीनको डिंगे काउन्टी केन्द्रबिन्दु भएर गएको ७ दशमलव १ म्याग्निच्युडको भूमम्पले नेपालका धेरै जिल्लाहरुमा प्रभाव पारेको छ ।

भूकम्पको प्रभाव सबैभन्दा बढी नेपालको खुम्बु क्षेत्रमा परेको छ । बिहान ६ बजेर ५० मिनेटमा झन्डै ३० सेकेन्डभन्दा बढी लगातार भूकम्पले हल्लाउँदा तिब्बत नजिक रहेको खुम्बु क्षेत्रका सर्वासाधारणहरु हतारिएर घरबाहिर निस्किएका थिए । जिल्ला प्रशासन सोलुखुम्बुले दिएको जानकारी अनुसार यतिबेला पनि भूकम्पको डरले सर्वसाधारणहरु घरबाहिर नै बसिरहेका छन् ।

बिहानै भूकम्प गएपछि पुषको कठ्याङग्रिदो चिसोमा सर्वसाधारण घरबाहिरै बस्न बाध्य भएको प्रशासनले जनाएको छ । भूकम्पले माथिल्लो क्षेत्रमा के, कति क्षति गर्यो भन्नेबारे भने यकिन विवरण आइसकेको छैन् । जिल्ला प्रशासन कार्यालयका अनुसार विवरण संकलन गर्ने प्रयास भइरहेको छ । साथै सम्भावित क्षति हुनसक्ने ठाउँहरुमा सतर्कता बढाएको समते जनाइएको छ ।

भूकम्पको केन्द्रबिन्दु चीनमा भएपनि यसको प्रभाव नेपालको खुम्बु क्षेत्रसहित काठमाडौं लगायत विभिन्न जिल्लाहरुमा परेको थियो ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ