१५ चैत्र २०८२, आइतबार । March 30, 2026

पुष २२ गते सोमबार तपाईँको भाग्य कस्तो छ ?


२२ पुस २०८१, सोमबार  

636
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २२ गते सोमबार । ई.सं. २०२५ जनवरी ६, नेपाल सम्बत ११४५ ।

आज नेपालमा सुर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः२४ मा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि ८ बजेर १४ मिनेट सम्म रहेको छ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काममा भन्दा पनि कल्पना र भावनामा ध्यान केन्द्रित हुनेछ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेवारी बोक्नुपर्ने हुनसक्छ । खर्च बढ्ने योग रहेकाले आर्थिक कारोबारमा सतर्कता अपनाउनु उचित होला । कतिपय स्थितिमा थालेको काम पनि बीचमै छाडनुपर्ने हुनसक्छ । कार्यक्षेत्रमा व्यस्त रहनाले भेटघाटको असहजता हुने तथा मन पिरोलिने अवस्था बन्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आकस्मिक रुपमा नचिताएको ठाउँबाट विशेष लाभ पाउन सक्ने योग छ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ । कुनै प्रतिष्ठान वा कार्यालयको बाँकी बक्यौता उठाउनु छ भने प्रयास गर्दा सफलता मिल्नेछ । ज्ञान र अनुभवको प्रयोग गरी कुनै महत्वपूर्ण बिषयमा लाभ लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भविष्यको चिन्ताले सचाउन सक्छ । प्रयास गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका विद्यार्थीले राम्रै अवसर प्राप्त गर्ने योग छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । हाकिम वा बरिष्ठ कर्मचारिसँग निकटता बढ्नाले बिशेष लाभ लिनसकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरपरिवार वा साथिभाइसँग समय बेतित गर्नु उचित होला । कुनै महत्वपूर्ण काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नसक्छ । आफ्नो इज्जत वा प्रतिष्ठालाई दाउमा राखेर कुनै काम नगर्नुहोला । आफ्नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कुनै कुराको चिन्ताले मनमा नकारात्मक कुराहरु खेल्नसक्छन् । एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु उपयुक्त होला । आफुलेको गरेको काममा सफलता मिल्नेछ । अनुशासन र संयमता अपनाउनु उचित होला । ‘मुड स्विङ’ भइरहने हुनाले मन अशान्त बन्नसक्छ । हतारमा लिएको निर्णयले पछुताउने अवस्था बन्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफ्नो लक्ष्यप्रति सचेत भई कडा मिहेनत गर्नुपर्ने देखिन्छ । तपाईँमाथि गुरुवर्ग वा अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ । कुनै नयाँ ठाउँमा घुमघामको मनसाय बन्न सक्छ । कामको चाप बढेपनि मनमा सन्तुष्टिको आभास हुनेछ । गैर नाफामुलक काममा समेत मन आकर्षित हुनसक्ने देखिन्छ । केही समय घरपरिवार र जीवनसाथिका लागि पनि छुट्याउन पाइने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बोल्दा विशेष ध्यान दिनुहोला, बोलिकै कारण बहस र विवादमा फस्न सक्ने योग छ । कानूनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नसक्छ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । विचार नमिल्ने मान्छेसँग टाढै रहनुहोला अन्यथा ठुलो कलहको वातावरण बन्न सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रोकिएका काम सम्पन्न गर्ने तथा नयाँ कामको थालनी गर्ने योग छ । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै सफलता बटुल्न सक्नेछन् । व्यक्तिगत विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । जीवनसाथिसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला । असमझदारीले सम्बन्धमा खटपट हुने देखिन्छ । यद्यपी, एकअर्काको मनोभाव बुझि काम गर्नसके सम्बन्धमा दृढता आउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पुराना वा तामेलिमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति देखिन्छ । अतिरिक्त आम्दानी सँगै घरायसी सुखसुविधाका वस्तुहरुको किनमेलमा खर्च बढ्ने योग पनि छ । साथिभाई र विश्वासपात्रबाटै तपाईँको हैसियत हेरेर व्यवहार हुनसक्छ । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुँदा अप्ठ्यारोमा पर्न सकिन्छ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । मनमा छटपटि र कौतुहलता बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार प्राप्त हुनसक्छ । पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने हुनसक्छ । सञ्चार क्षेत्र, बित्तीय कारोबार, यातायात, ढुवानी जस्ता व्यवसायबाट विशेष लाभ लिन सकिनेछ । नजानेका वा नसुल्झिएको बिषयमा सहपाठीको सहयोग लिनु उचित होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
थालिका कामबाट फाइदा मिल्नेछ । खर्च व्यवस्थापनका लागि गरिएका प्रयासहरु सफल हुनेछन् । पारिवारिक वा छरछिमेकीका काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । सुखसुविधा बृद्धिका लागि विभिन्न सामग्रीको किनमेल गर्ने वा खर्च बढ्ने योग छ । यद्यपी, यसले मानसिकतामा भने कुनै प्रभाव पार्नेछैन् । विभिन्न चुनौतिको सामना गर्नुपर्ने हुनसक्छ तर, सफलता तपाईँकै पक्षमा देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विविध कारणले रोकिएका काममा सफलता मिल्नुका साथै नयाँ काममा अग्रसर भइने योग छ । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ । आफ्नो इच्छाअनुसार कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । विशिष्ट व्यक्तित्व वा विद्वान् गुरुसित मित्रता र भेटघाट हुने समय हो । घरायसी वा व्यवहारिक काममा खट्नुपर्ने हुनसक्छ, यद्यपी, त्यसले मानसिक रुपमा आफुलाई कमजोर भने बनाउने छैन् ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ४ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र