२४ पुस २०८१, बुधबार । January 8, 2025

गोरखामा मकैको खोस्टामा सल्किएको आगो फैलिँदा तीन घर जलेर नष्ट



गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ मान्वुस्थित स्याम्चेतमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ।

स्थानीय पूर्णबहादुर लामा, बुद्धिमान लामा र आइतसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। शनिबार साँझ करिब साँढे ६ बजेको समयमा खाना बनाउन आगो बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर पूर्णबहादुरको घरमा आगलागी हुन पुगेको थियो ।

उक्त घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घर समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट सँगै रहेको बीरबहादुर लामाको घरमा समेत सामान्य क्षति भएको छ । आगलागीबाट पशुचौपाया तथा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुष २४ गते बुधबारको तपाईँको राशिफल कस्तो छ ?

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २४ गते बुधबार

चीन भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ९५ पुग्यो, १३० भन्दा बढी घाइते

एजेन्सी । मंगलबार बिहान चीनमा केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार परिसूचक

चीन भुकम्प अपडेटः मृत्यु हुनेको संख्या ५३ पुग्यो

एजेन्सी । मंगलबार बिहान चीनको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको

आजपनि सुनको मूल्य स्थिर, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि स्थिर