९ चैत्र २०८२, सोमबार । March 23, 2026

पुष २१ गते आइतबार तपाईँको भाग्य कस्तो छ ?


२१ पुस २०८१, आइतबार  

2k
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २१ गते आइतबार । ई.सं. २०२५ जनवरी ५, नेपाल सम्बत ११४५ ।

आज नेपालमा सूर्योदय बिहान ६ः५५ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ः२३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशामा यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदाँ आजका लागि शुभ समय बिहान ८ बजेर १३ मिनेट देखि ९ बजेर ३२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारिक छ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आयआर्जनको मार्गमा स्पष्ट निणर्य गर्नु फलदायी सावित हुनसक्छ । कुनै नयाँ अवसर प्राप्त हुने तथा धन र मान बढ्ने संकेत देखिएको छ । थालेको काम बीचमै अवरुद्ध भएको छ भने फेरी प्रयास गर्दा सफलता मिल्नेछ । चाहेअनुरुपको सबै कामहरु सम्पन्न हुनेछन् । अहङकार र घमण्डलाई भने कन्ट्रोल गर्नु आवश्यक होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । प्रविधि र खोजमुलक बिषयका छात्रछात्राले अझ राम्रो गर्नसक्ने सम्भावना छ । प्रतियोगिता र प्रतिस्पर्धामा सफलता मिल्नेछ । कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिनेछ । विवाद र समस्याहरुलाई सकारात्मक ढंगले समाधान गर्न सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कुनै नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ । साझेदारीको व्यापार व्यवसायबाट फाइदा हुने योग छ । धार्मिक र आध्यात्मिक चेतना बढ्नुका साथै धन र मान पनि प्राप्त हुनेछ । नियमकानूनको पालना गर्नु उचित होला अन्यथा अनावश्यक झमेलामा पर्न सक्ने सम्भावना पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरेलु काममा अलमलिँदै दिन बित्नसक्छ । आगो वा हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनुहोला । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक बिषयमा रुचि बढ्न सक्नेछ । आज कडा मिहेनत गरी नसुल्झिएको समस्यालाई हल गर्न सकिनेछ । खानपानको ध्यान नदिँदा स्वास्थ्यमा केही समस्या देखिन सक्छ । आफ्नो कुरा छाडी जीवनसाथीको भावना बुझ्ने प्रयास गर्नु उचित होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चलाखिपूर्ण तरिकाले असहज परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । एक्लै समय बिताउन मन लाग्नेछ । मनमा घमण्ड र अहङ्कारले प्रवेश पाउनेछ । आफ्नो कुरा जबरजस्ती थोपर्न खोज्दा प्रेम सम्बन्धमा खटपट हुनसक्छ । संयम भएर अर्काको कुरा सुन्नुनै उचित होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मन स्थिर नहुँदा दोधारेपन, अलमल र उकुसमुस महसुस हुनसक्छ । जीवनसाथिको क्रियाकलाप वा कुनै कुराप्रति शंका उब्जनाले प्रेम सम्बन्धमा अविश्वास बढ्नसक्छ । आत्मीयजन वा साथिभाइको भूमिका पनि चित्त बुझ्दो नहुन सक्छ । मानसिक तनाव र बोझ बढेको अनुभूति हुनेछ । माटोको सामग्री, औजार, भाँडाकुडा आदिको व्यवसायमा सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रयास गरिएको कामले पूर्णता पाउनेछ । नजानेर अड्कििएका बिषयमा आज पुनः प्रयास गर्नु राम्रो होला । आकस्मिक आर्थिक लाभ भएको शुभ समाचार प्राप्त हुनेछ । घरपरिवार र सन्ततिको जिम्मेवारीमा समय बित्नसक्छ । आफैले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने योग छ । पारिवारिक समस्यामा अल्झिनुपर्ने हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरपरिवारबाट सुखद समाचार आउनसक्छ । घुमघाममा जाने वा मनोरञ्जनात्मक कार्यमा सरिक हुने अवसर जुर्नसक्छ । घरजग्गा, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्नु फलदायी सावित हुनसक्छ । दाम्पत्य सम्बन्धमा तालमेल नमिल्दा मनमुटाव हुनसक्छ । कुनै गोप्य कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा पर्नसक्ने हुँदा सचेत रहनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ । बोली र व्यवहारका बालमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । परिवारका सदस्यहरु र आफ्ना साथिभाइसँगको भेटघाटले मन आनन्दीत बनाउने छ । नयाँ कुरा सिक्न पाइने योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने छ । भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । कठोर शब्द र खरो बोलिका कारण सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने देखिन्छ । यद्यपी, सहकर्मी र हाकिमको भने साथसहयोग मिल्नेछ । जीवनसाथिको इच्छाअनुसार कतै खानपान वा घुमघाममा जाने मौका मिल्नसक्छ । खर्च बढ्नसक्ने दिन भएकाले कतै निस्किँदा बजेटको व्यवस्था गरेर मात्रै जानुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मिहेनत र लगनशीलताले सफलता दिलाउनेछ । करियरको महत्वकाँक्षी योजनाहरुमा थप जोड दिँदा सकारात्मक नतिजा मिल्नसक्छ । सेवाग्राहीलाई प्रभावित पारेर सम्मान पाउने योग छ । हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आर्थिक कारोबार गर्दा वा हिसाबकिताब गर्दा सतर्कता अपनाउनुहोला । नयाँ व्यवसायमा लगानी गर्दा सोचेर मात्रै गर्नुहोला । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । पठनपाठन खासै रुचि देखिँदैन । मेडिटेसन, योग र ध्यानतर्फ मन जानसक्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो