९ चैत्र २०८२, सोमबार । March 23, 2026

पुष–२० गते शनिबार तपाईँको भाग्य कस्तो छ ?


२० पुस २०८१, शनिबार  

1k
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २० गते शनिबार । ई.सं. २०२५ जनवरी ४, नेपाल सम्बत ११४५ ।

आज नेपालमा सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः२२ बजे हुनेछ । आज कुनैपनि कार्यका लागि बाहिर निस्कनुपर्दा तिल मुखमा राखेर जुनसुखै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । अब सुरु गरौँ आजको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफूभन्दा साना भाइबहिनीहरुलाई अर्तिबुद्धि दिन वा संस्कार, संस्कृतिका बारेमा सिकाउन मन लाग्नेछ । नयाँ योजना कार्यान्वयन गर्ने प्रेरणा मिल्नेछ । दिर्घकालिन प्रयोजनको लाभमुलक काम अघि सार्ने सोच्नुभएको छ भने प्रशासनिक तौरतरिका बुझ्नु उचित होला । विगतमा गरिएको मिहेनत र लगनशीलताको पुरस्कार प्राप्त हुने योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यक्तिगत काममा व्यस्त रहँदा जिवनसाथिको चाहनाअनुसार समय निकाल्न कठिन होला । अनावश्यक तनाव व्यहोर्नुपर्ने हुनसक्छ । सरकारी कामका माध्येमबाट भने फाइदा मिल्नेछ । अप्ठ्यारो परिस्थितिलाई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । फलाम, कोइला, पेट्रोलियम पदार्थ जस्ता व्यापार व्यवसायबाट राम्रो प्रतिफल पाइने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने योग छ । भाग्यले बलियो साथ दिनेछ, धार्मिक वा सामाजिक काममा सहभागी हुने मौका मिल्नसक्छ । मानसिक रुपमा सबल र परिपक्व बन्ने समय छ । पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरुबाट सहयोग जुटाउन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कामको चाप बढ्नाले असहजता महसुस हुनसक्छ । स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ । आफ्नो मनको कुरा कसैलाई व्यक्त गर्न नसक्दा मानसिक रुपमा केही असहजता देखापर्न सक्छ । सहकारी कामको माध्येमबाट फाइदा मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सँधैभन्दा बढी व्यस्त भइनेछ, खटाइअनुसारको प्रतिफल पनि मिल्नेछ । तर, सकारात्मक नतिजा निकाल्न अझ धेरै मेहनत गर्नुपर्ने देखिन्छ । आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक होला । कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । खेलवाड र मनोरञ्जनमा अलमलिएर सजितै दिन बित्ने परिस्थिति छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने मुखमा लगाम लगाउनु राम्रो हुन्छ । अन्यथा कलह र झैझगडामा संलग्न हुनुपर्ने परिस्थिति देखिन्छ । परिश्रम र सन्तुलनमा ध्यान नदिँदा स्वास्थ्यस्थिति बिग्रते डर हुन्छ । लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने योग छ । सहकर्मीहरुनै प्रतिपर्धीको रुपमा देखीन सक्ने सम्भावना छ । भविष्यको चिन्ताले मानसिकतामा नकारात्मक सोच पलाउन सक्ने भएकाले सकभर एक्लै नबस्नु उचित होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्नु उचित होला । जीवनसाथी वा अन्मीय मित्रको प्रतिकुल स्वास्थ्यका कारण चिन्ता बढ्न सक्छ । समस्या र कठिनाइमा समय यापन गर्नुपर्ने हुनसक्छ । सानो प्रयासले ठुलो सफलता दिन सक्छ । क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक तनावका कारण पढाइमा मन नजान सक्छ । पारिवारिक समस्या र व्यवहारिक कामको सन्तुलन राख्नु उचित होला । वैदेशिक प्रयोजनको काममा आजको दिन फलदायी सावित हुनसक्छ । कामको चाप बढ्न सक्छ, यद्यपी आत्मविश्वास बृद्धि हुने भएकाले सरल तरिकाले काम सम्पन्न हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक क्षेत्रको काम वा सार्वजनिक हितको बिषयमा सक्रिय हुने मानसिकता बन्न सक्छ । करियर परिवर्तन र उच्च शिक्षा प्राथमिकताको बिषय बन्न सक्छ । इष्टमित्र र नातेदारसँग भेटघाट हुने योग छ । कामविशेषले सहकर्मी वा जुनियर कर्मचारिसँग विचार÷विमर्श हुने देखिन्छ । जीवनसाथिको दरिलो साथले नौलो अनुभूति र रोमाञ्चकता थप्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दैनिक र व्यवहारिक खर्च बढ्ने योग छ । कुनै गुप्त कारोबारको क्रममा हानि व्यवहोनुपर्ने हुनसक्छ । अठोट र निर्णयहरुमा सफलता मिल्नेछ । अचानक कुनै नयाँ ठाउँमा यात्रा गर्ने योजना बन्नसक्छ । नयाँ परिकार बनाएर खाने वा खुवाउने बिषयमा मन केन्द्रित हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आकस्मिक धन लाभको योग छ । गरिएका प्रयासमा सफलता मिल्नसक्छ । शत्रुको सामना गर्नुपर्ने भएकाले सचेन बन्नुहोला । व्यवस्थापकिय जिम्मेवारिका लागि समय छुट्याउनुपर्ने हुन्छ । दैनिक जिवन सहजताका साथ बितेपनि कुनै कारिणवश पतिपत्निमा मनमुटाव हुनसक्छ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफन्त वा मनमिल्ने साथिसँगको साझेदारीमा कुनै कारोबार गर्दैहुनुहुन्छ भने सावधानीपूर्वक कदम चाल्नु उपयुक्त होला । आकस्मिक खर्च बृद्धिको योग छ । काममा त्रुटि वा कमजोरिक हुनसक्छ, सचेत रहनुहोला । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । प्रेमी÷प्रमिकाको खोजिमा हुनुहुन्छ भने त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ४ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो