३ आश्विन २०८३, शनिबार । September 19, 2026

आजको मौसम

बाक्लो हुस्सुले तराईको जनजीवन कष्टकर, काठमाडौंको तापक्रम बढ्यो


१९ पुस २०८१, शुक्रबार  

378
Shares

काठमाडौं । हाल तराईका धेरै ठाउँ र पहाडका उपत्यका तथा बेँसी क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।

पहाडी क्षेत्रमा बिहानपख लागेको कुहिरो दिउँसोपछि हटे पनि तराईमा दिनभरजसो हुस्सु लाग्ने गरेको छ । अझै केही दिन तराईको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सुसँगै चिसो सिरेठो चल्न थालेपछि तराईको जनजीवन कष्टकर बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ । शुक्रबार काठमाडौंको तापक्रम भने स्थिर रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ७ डिग्री सेल्सियस मापन भएको थियो ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ