२२ पुस २०८१, सोमबार । January 7, 2025

चर्चित बालगायक सचिन परियारको निधन,के भएको थियो उनलाई ?



काठमाडौं । चर्चित बालगायक सचिन परियारको निधन भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १० बजेर ४५ मिनेट जाँदा उनको निधन भएको हो । अस्पताल प्रशासनका अनुसार उनी करिब ४ देखि ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत रहेका थिए । ‘सिभियर निमोनिया’ का कारण ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको बताइएको छ ।

भाइरल बाल गायकका रूपमा परिचित सचिनले थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । हास्य टेलीशृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत गीत चर्चित छन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बागमती प्रदेश सरकारद्वारा बिद्यार्थीलाई चलचित्र सम्बन्धि सारक्षरता प्रदान गर्दै

ललितपुर । बागमती प्रदेश सरकारद्वारा बिद्यार्थीलाई चलचित्र सम्बन्धि सारक्षरता  कार्यशाला

आजको मौसमः हल्का देखि मध्यम बर्षाको सम्भावना, सुदूरपश्चिमा हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड स्टर्लिङको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (सोमबार) का लागि

पुष २२ गते सोमबार तपाईँको भाग्य कस्तो छ ?

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २२ गते सोमबार

सहकारी ठगी प्रकरणः रविसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३९