९ चैत्र २०८२, सोमबार । March 23, 2026

पुस १८ गते बिहीबारको तपाईंको राशिफल कस्तो छ ?


१८ पुस २०८१, बिहिबार  

783
Shares

काठमाडौं । आज बि.सं.२०८१ पुष १८ गते बिहीबार ई.सं.२०२५ जनवरी ०२, नेपाल सम्बत ११४५ ।

आज नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ०५ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५४ मिनेट देखि ०८ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरपरिवारमा विवाद भएपनि आज तपाईँकै रुचिअनुसार व्यवहार हुनेछ । इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । प्रविधि र खोजमूलक विषयका छात्रछात्राले अझ राम्रो गर्नसक्ने देखिन्छ । मेष राशि हुनेहरुले आज सरकारी कामका माध्यमबाट लाभ लिन सक्नेछन् भने समाजसेवा वा राजनीतिमा लागेकाहरुले मानसम्मान पाउने योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ । अचानक निकटतम व्यक्तिसँगको भेटले मन प्रफुलित बन्नेछ । कुनै विशेष ठाउँमा अन्तर्वार्ता दिने हो भने आजको प्रयास फलदायी बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
काममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुन्छ । जीवनसाथी वा परिवारका सदस्यसँग मतभेद बढ्ने देखिन्छ । आज यात्राको कार्यक्रम छ भने सम्भव भएसम्म रोक्नु उचित होला । कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कार्यक्षेत्रमा उच्च सफलता मिल्नेछ । कल्पना र आत्मरतिमा भुलिने समय छ । मन हलुका र शरीर तन्दुरुस्त रहनेछ । अनावश्यक गफगाफमा मन भुल्न सक्ला तर, रमाइलो भन्दा कामलाई प्राथमिकतामा राख्नु उचित देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पतिपत्नी वा प्रेमी÷प्रेमिका बीचको सम्बन्ध सुमधुर बन्नेछ । साझेदारीमा कुनै काम गर्दै हुनुहुन्छ भने त्यसमा लाभ लिन सकिनेछ । स्वास्थ्य र निर्माण क्षेत्रमा गरिने लगानिले राम्रो प्रतिफल दिनेछ तर, कार्यक्षेत्रमा विभिन्न चुनौतीको सामना भने गर्नुपर्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आत्मविश्वासमा बृद्धि हुनाले सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता व्यापार व्यवसायका लागि राम्रो दिन छ । प्रियजनसँग भेटघाट हुने तथा रामाईलोमा सरिक हुने सम्भावना छ । भावना र इच्छाहरुको कदर हुनेछ । प्रयास गरिएका तथा कारणबस रोकिएका कामहरुले पूर्णता पाउनसक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिन व्यस्त रहेतापनि कामको चापबाट फुर्सद निकालेर केही समय परिवारका लागि छुट्याउनु उचित रहनेछ । प्रेमि÷प्रेमिका र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके अपेक्षित प्रेम, विश्वास एवं समझदारी कायम रहनेछ । नयाँ ज्ञान वा कुनै सिप सिक्न चासो बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
साथिभाई तथा प्रियजनसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने योग छ । पारिवारिक माहोल र आर्थिक पक्षसमेत सुदृढ देखिनेछ । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथिहरुसँग छलफल गरि सल्लाह लिनु उचित होला । धार्मिक तथा सामाजिक काममा चासो रहनुका साथै महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मिहेनत र बुद्धिको प्रयोगले साथिहरुमाझ विद्वान र चनाखो सावित हुने दिन छ । गुरुजनबाट स्यावासी पाईनेछ । आफ्नो शब्द र वचनले कसैको मन नदुखोस भन्ने कुरामा ख्याल राख्नु आवस्यक देखिन्छ । कार्यक्षेत्र परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ भने थप आयश्रोत बढाउने बिषयमा पनि चिन्तन बढ्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जिवनसाथिको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ । सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने भने देखिदैन । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहनेछ । यदि आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्दा सफलता मिल्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
जिम्मेवारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, जसले गर्दा प्रेमिल जिवनमा बाधा पुग्न सक्छ । सम्भव भएसम्म आपसी भेटघाट र वार्तलापलाई समय छुट्याउन उचित रहनेछ । आत्मविश्वास बढ्नेछ । थप आयश्रोतका बारे चिन्तन गर्नु लाभदायी रहला । जोखिम र संकटलाई ध्यानमा राख्दै यातायात र ढुवानीको क्षेत्रमा लगानी गर्नु फलदायी पुष्टि हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज प्रतियोगि बलिया रहने भएकाले प्रतियोगितात्मक काममा थप मिहेनत र प्रयासको आवश्यक्ता देखिन्छ । दाजुभाई लगायत परिवारको उन्नतिप्रगतिका निमित्त खट्नुपर्ने छ । प्रशासनिक साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुनसक्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम बन्न सक्ने योग छ ।

ज्यो.पं– हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ५ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो