१३ पुस २०८१, शनिबार । December 28, 2024

प्रहरी हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ



काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछाने हिरासतमा सुतिरहेको फोटो सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले यसबारेमा अनुसन्धान गरेको थियो । सोही क्रममा भुसाल पक्राउ परेका हुन् । भुसाललाई आइतबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । भुसाललाई कास्की लगेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

भुसालले यसअघि नै लामिछानेको फोटो आफूले खिचेको स्वीकारेका थिए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको

आजको विनिमयदरः बढ्यो अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारका लागि अमेरिकी डलर

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार

आजको मौसमः बर्षा र हिमपातको सम्भावना, चिसो अत्याधिक बढ्ने

काठमाडौं । शुक्रबार साँझदेखि देशका धेरै स्थानहरुमा बर्षा र हिमपात

मौसम विशेष बुलेटिनः शुक्रबार र शनिबार देशभर वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नदेखि शनिबार