२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

रवि लामिछानेविरुद्द अदालतमा मुद्दा दायर, अब के हुन्छ सांसद पद ?


७ पुस २०८१, आइतबार  

30
Shares

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

रविसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आइतबार सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको हो । पूर्वगृहमन्त्री लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैया बिगो दाबी गरिएको छ । सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

मुद्दा दर्ता भएसँगै अब रविको सांसद पद के हुन्छ भन्नेमा प्रश्न उठेको छ । सम्पत्ती शुद्दिकरण ऐनअनुसार कुनैपनि जनप्रतिनिधि वा सरकारी संस्थाका प्रतिनिधिउपर कुनै कसुरमा अदालतमा मुद्दा दर्ता भएमा सो मुद्दाको किनारा नलागेसम्म निजको पद निलम्बनमा पर्ने व्यवस्था छ । यसैमा टेकेर कानुनका जानकारहरुले रविको सांसद पद स्वतः निलम्बनमा पर्ने जनाएका छन्।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा (२७) बमोजिम प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने उल्लेख छ ।

सहकारी बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । उहाँमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ४ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध