१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

बन्दीपुर

बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल

बन्दीपुरमा विदेशीको चहलपहल थप बढ्ने विश्वास लिएका छ्रौँ ।” बन्दीपुर आउने पर्यटकमध्ये फ्रान्स, बेलायतका बढी छन् ।



दमौली । तनहुँको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको छ ।

असोज लागेसँगै बन्दीपुरमा विदेशी पर्यटक आउन थालेका हुन् । विदेशीको घुम्ने समय भएकाले बन्दीपुर आउने क्रम सुरु भएको व्यवसायी बताउँछन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी किसन प्रधानले विदेशी पर्यटकको आगमन सुरु भएको जानकारी दिए। “तीन दिन अगाडिमात्रै ७० विदेशी पाहुना बन्दीपुर आउनुभयो”, प्रधानले भने, “आइतबार पनि २५ जना आउनुभएको छ, अब बन्दीपुरमा विदेशीको चहलपहल थप बढ्ने विश्वास लिएका छ्रौँ ।” बन्दीपुर आउने पर्यटकमध्ये फ्रान्स, बेलायतका बढी छन् ।

चिनियाँ पर्यटक भने बन्दीपुरमा ठप्प रहेको उनले बताए। “पहिला पहिला बन्दीपुरमा सबैभन्दा बढी पर्यटक चिनियाँ हुन्थे, तर अहिले चिनियाँ पर्यटक ठप्प छन्, युरोपेली मुलुकका पर्यटक आउँछन्”, उनले भने। विदेशी पर्यटकको घुम्ने समयका कारण नेपाल आएका पर्यटक प्याकेजमा बन्दीपुरसम्म आउने गरेको उनले सुनाए। “नेपाल आएका पर्यटक पोखरा, सौराहा लगायतका ठाउँसम्म घुम्न निस्किने र त्यही बेला बन्दीपुर भ्रमणका लागि आउने गरेका छन्”, उनले भने, “यहाँको रीतिरिवाज, रहनसहन देखेर उनीहरु मख्ख पर्छन् ।”

बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भए पनि स्वदेशी पर्यटक भने न्यून रहेको व्यवसायी बताउँछन् । होटल व्यवसायी बसन्त पौडेलले स्वदेशी पाहुनाको आगमन घटेको बताए। “स्वदेशी पाहुना फ्याट्टफुट्ट मात्रै बन्दीपुर आइपुगेका छन्”, उनले भने।सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइँ बन्ने गरेको छ ।

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ४ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको