काठमाडौं । मलेसियामा जारी महिला यू १९ एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको क्वालालम्पुस्थित बायुमान ओभलमा नेपाल र बंगलादेशबीच आज बिहान ११ः४५ बजे खेल हुँदैछ । फाइनल प्रवेशका लागि नेपालले आजको खेल जित्नुपर्ने हुन्छ । पाकिस्तानलाई हराएको नेपालले यसअघि खेलका भारत र श्रीलंकाको टोलीसँग अंक बाँड्नु परेको थियो ।
यस्तै बिहीबार भएको सुपर–४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको थियो भने बंगलादेश पनि ४ अंकको हैसियतमा आज नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् ।
भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ ।
प्रतिक्रिया