काठमाडौं । मलेसियामा जारी महिला यू १९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको नेपाल र श्रीलंकाबीचको खेल बर्षाका कारण रद्द भएको छ ।
योसँगै दुवै टिमले १-१ अङ्क बाँडेका छन्। बायुमास ओभलमा भएको खेलमा श्रीलंका पहिले ब्याटिङ सुरु गरेको पहिलो ओभर लगत्तै वर्षाले खेल विथोलेको थियो। वर्षाका कारण श्रीलंकाले १ ओभरमा १ रन जोड्दा १ विकेट गुमाएको अवस्थाबाट खेल अघि बढ्न सकेन। ओपनर हिरुनी हासिका ३ बल खेल्दै शून्य रनमा आउट भएकी थिइन्।
उनी पहिलो ओभरको पाँचै बलमा पूजा महतोको बलमा अलिसकुमारीय यादवद्वारा क्याचआउट भएकी थिइन्। नेपाल समूह चरणमा पाकिस्तानलाई पराजित गर्दै सुपर फोरमा स्थान पक्का गरेको थियो।
प्रतिक्रिया