काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार (आजको) दोस्रो क्वालिफायर हुँदैछ ।
आजको खेलमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टबिच भिडन्त हुँदैछ । दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो ।
पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ । दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल बिहीबार दिउँसो १२ः३० बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । दोस्रो क्वालिफायर खेल जनकपुरका लागि अवसर हो ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको टोली जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन सके उपाधिका लागि सुदूरपश्चिमसँगै खेल्न पाउनेछ ।
प्रतिक्रिया