२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

नेपाल आईपुगे विश्व क्रिकेटका लिजेण्ड ब्रायन लारा



काठमाडौं । वेस्ट इण्डिजका महान क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् ।

शुक्रबार बिहान छोरीसहित नेपाल आएका ब्रायन लारालाई नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्का, प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर तथा पूर्वकप्तान विनोद दासले त्रिभूवन विमानस्थलमा स्वागत गरेका छन् । जारी नेपाल प्रिमियर लिगमा कमेन्ट्रीसहित अन्य कार्यक्रममा सहभागी हुन लारा क्यानको निम्तोमा नेपाल आएका हुन् ।

उनले नेपाल आउँदा खुसी लागेको बताएका छन् । ब्रायन लाराको नाममा टेष्ट क्रिकेटमा एक इनिङसमा इङ्गल्याण्ड विरूद्ध सन् २००४ मा हानेको अविजित ४०० रन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । यो रेकर्ड अरूले तोडेको हेर्न चाहेको लाराले बताए । उनले वेस्ट इण्डिजबाट १ सय ३१ टेष्ट खेल्दै ११ हजार ९ सय ५३ रन बनाएका छन् ।

ओडिआईमा भने २ सय ९९ खेल खेल्दै १० हजार ४०६ रन जोडेका छन् । टेष्टमा ३४ र ओडिआईमा १९ शतक उनको नाममा रहेको छ । नेपाल क्रिकेट संघ क्यानकाअनुसार उनी तीन दिन नेपाल बस्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १२ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव