४ असार २०८३, बिहिबार । June 19, 2026

एनपीएल विशेषः प्लेअफ पुग्ने विश्वाससहित लुम्बिनीसँग भिड्दै कर्णाली


२८ मंसिर २०८१, शुक्रबार  

159
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार (आज) हुने पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल बिहान ९ बजे सुरु हुनेछ । आजको खेल लुम्बिनी लायन्सका लागि एनपीएलकै अन्तिम खेल हुनेछ । यसअघि ६ खेल खेलेको लुम्बिनी पाँच खेलमा पराजय हुँदै एनपीएलको पहिलो सिजनमा लिग चरणबाटै बाहिरिने पहिलो टोली बनेको थियो । कर्णाली याक्सका लागि भने आजको खेल महत्त्वपूर्ण छ।

प्लेअफ पुग्ने प्रतिस्पर्धामा बलियो बन्नका लागि कर्णालीले आजको खेल जित्नुपर्नेछ। कर्णाली अंक तालिकाको चौथो स्थानमा छ। आठमध्ये चार टिम प्लेअफमा पुग्छन्। जनकपुर बोल्ट्स एक खेल बाँकी छँदै प्लेअफमा पुगिसकेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ। तेस्रो स्थानमा चितवन राइनोज् छ।

चितवनले आजै विराटनगर किंग्ससँग खेल्दैछ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा