२७ बैशाख २०८२, शनिबार । May 10, 2025

जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु



जाजरकोटः जाजरकोटमा गएराति जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बुधबार राति ११ बजेको समयमा जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डमा ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार जिपमा ७ जना सवार रहेका थिए जसमा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय ईन्द्रजित थापा (चालक), अन्दाजी ६५ वर्षीय शिला पुन, अन्दाजी ३३ वर्षीय सारदा थापा, अन्दाजी १८ वर्षीय लक्ष्मी पुन रोका र लक्ष्मी पुनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको छ । दुर्घटनामा परि थप २ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जिप एक्कासि ब्रेक फेल भई सडक बाट झन्डै सात सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप