२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु


२७ मंसिर २०८१, बिहिबार  

75
Shares

जाजरकोटः जाजरकोटमा गएराति जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बुधबार राति ११ बजेको समयमा जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डमा ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार जिपमा ७ जना सवार रहेका थिए जसमा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय ईन्द्रजित थापा (चालक), अन्दाजी ६५ वर्षीय शिला पुन, अन्दाजी ३३ वर्षीय सारदा थापा, अन्दाजी १८ वर्षीय लक्ष्मी पुन रोका र लक्ष्मी पुनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको छ । दुर्घटनामा परि थप २ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जिप एक्कासि ब्रेक फेल भई सडक बाट झन्डै सात सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ