१६ फाल्गुन २०८१, शुक्रबार । February 28, 2025

पूर्व एभीन्युज खरबकर्मीले गरे केन्द्रीय कार्यालय घेराउ, यथाशीघ्र पारिश्रमिक उपलब्ध गराउन माग



काठमाडौं । पूर्व एभीन्युज खबरकर्मीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

एभिन्युज खबरमा विभिन्न पदमा कार्यरत पूर्व कर्मचारीहरूले लाम१ समयदेखि आफ्नो पारिश्रमिक नदिएको भन्दै केन्द्रीय कार्यलय चक्रपथमा घेराउ गरेका हुन् । श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैशीसहित कार्यलय पुगेका कर्मचारीले हाम्रो वर्षौंदेखिको पारिश्रमिक खै भन्दै नारा लगाएर विरोध गरेको छन् ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जैशीले श्रमजीवी पत्रकारले कुनैपनि हालतमा पारिश्रमिक पाउनुपर्ने जिकिर गरे। साथै उनले पारिश्रमिक नपाएसम्म आफू श्रमजीवीको पक्षमा लडिरहने बताए । पूर्व कर्माचारीहरूले आफूहरूले एभिन्युज खबर छोडेको २ वर्ष पुग्दा पनि पारिश्रमिक नपाएको गुनासो गरे ।

टेलिभिजनले पटकपटक पैसा दिन्छु भनेर भाका दिने तर तोकेको मितिमा फोन नउठाउने, सम्पर्कविहीन हुने, दिन्छु/दिन्छु भन्दै टार्दै आएको भन्दै पीडितहरु आक्रोशित भएका छन्। आइतबार केन्द्रीय कार्यलय धर्ना गर्न पुगेका कर्मचारीहरूले कुनैपनि हालतमा आफ्नो पारिश्रमिक लिएरै छोड्ने बताए ।

उनीहरूले भने, “कुनैपनि हालतमा हाम्रो पारिश्रमिक छाड्ने छैनौँ, उपत्यका बाहिरका रहेका साथीहरू पनि आउदै हुनुहुन्छ ।” पिडित पत्रकारहरूले आफूहरूको माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यस्तो छ आज दिनभरको मौसमी अवस्था

काठमाडौं । बिहीबार (आज) देशका विभिन्न ठाउँमा मौसम बदली भएको

च्याम्पियन्स ट्रफीः अफगानिस्तानको सनसनीपूर्ण जीत, इंल्यान्ड ८ रनले पराजित

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार राति भएको

कति पुग्यो अमेरिकी डलरको भाउ ? अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

फागुन १५ गते बिहीबारको तपाईँको राशिफल…

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १५ गते

फाइनलमा फेरी चुक्यो नेपाल, अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई

काठमाडौं । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको