१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा भारत पराजित, सिरिज बराबरीमा


२३ मंसिर २०८१, आइतबार  

291
Shares

काठमाडौं । अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा भारतले १० विकेटले पराजित भएको छ ।

अष्ट्रेलियाले चौथो इनिङमा जितका लागि पाएको १९ रनको झिनो लक्ष्य बिनाविकेट क्षति ३ दशमलव २ ओभरमा पुरा गरेको थियो । एडिलेडमा भएको टेस्टका दुवै इनिङमा भारतको ब्याटिङ चल्न सकेन । टस जितेर ब्याटिङ रोजेको भारत पहिलो इनिङमा १ सय ८० रनमा अलआउट भएको थियो ।

अष्ट्रेलियाका मिचेल स्टार्क एक्लैले ५ विकेट लिएपछि भारतको ब्याटिङ धराशायी बनेको हो । जवाफी ब्याटिङमा अष्ट्रेलियाले ३ सय ३७ रन बनाउँदै विशाल अग्रता लिन सफल भयो । अष्ट्रेलियाका मध्य क्रमका ब्याट्सम्यान ट्राभिस हेडले भारतीय बलरहरूको उछितो काढ्दै शानदार शतकीय पारी खेलेका थिए ।

उनले १ सय ४१ बलमा १ सय ४० रन बनाएपछि भारतले कमब्याकको मौका पाएन । दोस्रो इनिङमा पनि भारतीय ब्याट्सम्यानले कुनै चमत्कार देखाउन सकेनन् । १ सय ७५ रनमा भारत अलआउट भएपछि अष्ट्रेलियाले १९ रनको झिनो लक्ष्य पाएको हो । जुन लक्ष्य अष्ट्रेलियाले सहजै भेट्न सफल भयो ।

यस नतिजासँगै पाँच टेस्टको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था