२१ मंसिर २०८२, शनिबार । December 7, 2025

आजको मौसमः बर्षा र हिमपातको सम्भावना, अत्याधिक चिसो बढ्ने



काठमाडौं । आज (आइतबार) देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।

आज साँझदेखि मौसममा बदलीको संभाावना समेत बढेर गएको छ । महाशाखाले मौसम बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारण बदलीको सम्भावना रहेको समेत बताइएको छ ।

आज साँझदेखि मौसममा बदली हुने र सोमबार शुदूरपश्चिम, कर्णाली, लुम्विनी, गण्डकी र वागमती प्रदेशको पहाडी भूभागमा हल्कादेखि मध्यम बर्षा हुने जल महाशाखाले जनाएको छ । त्यसैगरी हिमाली क्षेत्रमा हिमपातसमेत हुने हुँदा चिसो बढ्ने भएकाले ती क्षेत्रमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महासाखाले अनुरोध गरेको छ ।

साथै यो मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्नसक्ने सम्भावना रहेको पनि जनाइएको छ । वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमासमेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको