५ बैशाख २०८३, शनिबार । April 19, 2026

जनता समाजवादी पार्टीको घोषणा पत्र सार्वजनिक(पूर्णपाठ)


१९ कार्तिक २०७९, शनिबार  

9
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन र पुनर्लेखनको प्रमुख ऐजेन्डा सहित आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

जसपाले संघीय संसद र प्रदेशसभाहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने, कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने पनि घोषणा गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति सहितको शासकिय स्वरुपको जसपाले परिकल्पना गरेको छ । कार्यकारी राष्ट्रपतिले समावेशी रुपमा सक्षम व्यक्तिहरुको छनोट गरी मन्त्रिपरिषद बनाउने, मन्त्रीहरु राजनीतिज्ञ र विशेषज्ञहरु मध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने जसपाको घोषणा पत्रमा उल्लेख गरेको छ ।

त्यस्तै जसपाले आगामी निर्वाचन जितेपछि आर्थिक विकासको मुख्य लक्ष्य र उद्देश्य लिने घोषणा गरेको छ । जसपाले आर्थिक बृद्धिदर उच्च राख्न पूँजी निर्माण तथा परिचालन, नयाँ प्रविधिको उपयोग र विकासका साथै विभिन्न रूप र स्थितिमा रहेका उत्पादक शक्तिहरूको क्षमता विकास एवं प्रभाव विस्तारमा जोड दिने, पाँच वर्षमा निरन्तर २ अङ्कको आर्थिक वृद्धि हासिल गर्ने र प्रति व्यक्ति आय ५ हजार डलर पुर्याउने लगायतका आर्थिक योजना समेटेको छ ।

साथै सन्तुलित परराष्ट्र निती, स्वतन्त्र र सक्षम न्यायालय, कृर्षिको विकासका लागि दुई बर्ष भित्रै नेपालमा रासायनिक मल कारखाना खोल्ने, ५ बर्षमा १० हजार मेघावाट विद्युत उत्पादन, प्रशस्त रोजगारिका अवसर सिर्जना गर्ने, १२ कक्षसम्म निशुल्क गुणस्तरिय शिक्षा, दिर्घ रोगिहरुको निशुल्क स्वास्थ्य उपचार, भ्रष्टाचार न्युनिकरण गर्न सम्बन्धीत निकायहरुलाई साधन सम्पन्न र सक्षम बनाउने जस्ता लोकप्रिय घोषणा गरेको छ । त्यसैगरि पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरी ४ लेनको बनाउने, काठमाडौंको रिङरोडलाई ५ वर्षभित्र साइकल लेनको व्यवस्था गरी ८ लेन बनाउने, निर्माणाधीन मध्य पहाडी लोकमार्ग र हुलाकी सडकलाई सम्पूर्ण रुपले निर्माण सम्पन्न गर्ने ।

पुष्पलाल लोकमार्ग र निर्माणकार्य सुरु भएका उत्तर दक्षिण मार्गहरूको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राख्ने लगाएतका पूर्वाधार विकासको पाटोलाई पनि जसपाले समेटेको छ । त्यस्तै प्राकृतिक स्रोत साधनको दोहोन हुन नदिने, चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, बाढी पहिरो लगाएतका विपदबाट जोगिन आवश्यक उपकरणको व्यवस्था गर्ने लगाएतका बिषयलाई पनि जसपाले घोषणा पत्रमा समेटेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ६ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित