१९ मंसिर २०८१, बुधबार । December 5, 2024

रोल्पाको रुन्टीगढी-४ मा कांग्रेस विजयी, माओवादी तेस्रो



रोल्पा । माओवादीको गढ मानिएको रोल्पाको रुन्टीगढी गाउँपालिका-४ मा नेपाली कांग्रेस विजयी भएको छ ।

वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका भुपमणि पुनमगर विजयी भएका छन्। एक हजार दुई सय ९७ मत खसेकोमा उनले ६ सय ४३ मत ल्याएर विजयी भएका हुन। निकटतम प्रतिद्वन्द्वीसँग उनको मतान्तर १ सय ८ रहेको छ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बेगम पुनले ५ सय ३५ मत ल्याए भने माओवादीका उम्मेदवार नरेशजंग सिंहले मात्र ७० मत प्राप्त गरे। यहाँ २०७९ सालमा पनि कांग्रेसकै टंकबहादुर पुन निर्वाचित भएका थिए।

उनको मृत्यु भएपछि पुनः निर्वाचन भएको हो।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल विशेषः सुदूरपश्चिमको रफ्तारमा ब्रेक लगाउन सफल होला काठमाडौं ?

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई

एनपीएल विशेषः जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौं । प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको जनकपुर बोल्ट्सले बिहीबार बिहान

एनपीएल विशेषः लुम्बिनीमाथि विराटनगरको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले पहिलो

लुम्बिनीको विष्फोटक ब्याटिङ, विराटनगरलाई दियो १ सय ९२ रनको लक्ष्य

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चौथो दिनको

एनपीएल विशेषः कर्णाली याक्सको लगातार दोस्रो हार, काठमाडौंको पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चोथौ दिनको पहिलो