१२ मंसिर २०८१, बुधबार । November 27, 2024

एनपीएलः कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे बाबर हायत



काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् ।

मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह-मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ वर्षीय बाबरले हङकङको लागि ७९ टी-२० आई खेलमा एक हजार ९ सय १० रन बनाएका छन् । उनको स्ट्राइक रेट १३२.२७ छ । हङकङका लागि उनले दुई सतक र १० अर्धसतक बनाएका छन् ।

उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए । ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् ।

त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चादविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ । टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् ।

‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ ।

युथ एम्बेस्डरमा सिसन बानियाँ छन्। हस्पिटालिटी पार्टनरमा होटल हिल्टन रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरसँग खेल्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुधबार तोलामा ९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

अमेरिकी डलरको भाउ बढ्यो, अष्ट्रेलियन र क्यानेडियन डलर पनि उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार (आज) अमेरिकी डलर

तापक्रम निरन्तर घट्दै, उपत्यकामा बढ्यो चिसो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

एनपीएलः कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे बाबर हायत

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल

कर्णाली याक्सबाट एनपीएल खेल्न आइपुगे वेष्ट इन्डिजका वाल्टन

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका भएका वेष्ट इन्डिजका चादविक