४ असार २०८३, बिहिबार । June 19, 2026

एनपिएलको ‘बेस्ट प्लेयर’ ले ओमोडा एन्ड जेइको कम्पनीको गाडी पाउने


११ मंसिर २०८१, मंगलबार  

300
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ओमोडा एन्ड जेइको कम्पनीको गाडी पाउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसका लागि मंगलबार ओमोडा एन्ड जेइकोलाई सह-प्रायोजकका रूपमा सम्झौता गरेको छ। क्यानले मंगलबार पत्रकार सम्मेलन गर्दै एनपीएलको पहिलो संस्करणका लागि सह-प्रायोजकको रूपमा ओमोडा एन्ड जेइकोसॅंग साझेदारी गरेको हो।

क्यानका सचिवका र एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइको र एनपिएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुऱ्याउने विश्वास व्यक्त गरे।

उनले नेपाली क्रिकेटले लोकप्रियता तथा सफलता पाउँदै गरेको समयमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने आशा व्यक्त गरे।

कम्पनीले ओमोडा एन्ड जेइको र एनपिएलबीचको सहकार्यले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय भूमिका खेल्ने र प्रतिभावान नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्दै नेपाल क्रिकेट लिगको विकास र सफलतामा योगदान पुऱ्याउने विश्वास लिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा