२२ मंसिर २०८२, आइतबार । December 7, 2025

नेपाल कबड्डी लिगको लोगो र ट्रफी सार्वजनिक



काठमाडौं । नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक भएको छ ।

आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा गृह मन्त्री रमेश लेखकको उपस्थितिमा लोगो, सिटी र ट्रफी सार्वजनिक गरिएको हो । लोगो सार्वजनिकसँगै फ्रेन्चाइज सहरहरूको नाम पनि सार्वजनिक गरिएका छन् । नेपाल कबड्डी लिगको पहिलो संस्करणका लागि छ वटा फ्रेन्चाइज सहरहरूको नाम सार्वजनिक गरिएको छ।

जसमा काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवल रहेका छन् । कबड्डी लिगको यो घोषणा र कार्यक्रमले नेपाली खेलकुद क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको संकेत गरेको छ।

कार्यक्रममा विशेष अतिथिका रूपमा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, कमल कुमार बेगानी, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा, अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द कुमार झा र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ४ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको