१८ चैत्र २०८१, मंगलबार । April 1, 2025

यो अर्थहीन को प्रदर्शन हो !!!



सामान्यतया सत्ता बाहिर बसेका प्रतिपक्ष दलहरुले सरकारको गलत क्रियाकलापको विरुद्धमा वा जनहितका काम गर्न दबाब सृजना गर्ने हेतुले वा यस्तै राष्ट्रिय महत्वका कुरालाई लिएर जुलुस, आन्दोलन वा शक्ति प्रदर्शन गर्ने प्रचलन प्रजातान्त्रिक शासन प्रणाली भएका मुलुकमा हुने गर्दछ ।

तर तर हामीकहाँ सत्तामा रहेको पार्टी स्वयं ले शक्ति प्रदर्शन गरेको छ। यो केका लागि, किन र कसका लागि भनेर आम नागरिक ले सहजै स्वीकार गर्न नसके पनि काठमाडौं महानगरपालिका ले भने यस्ता सडक आन्दोलन, प्रदर्शन गर्ने राजनीतिक पार्टी, संघसंस्था वा समुह हरुलाई एउटा राम्रै संदेश दिन खोजेको चाहिँ छ।

यस्ता प्रदर्शन त्यो पनि सहर का मुख्य मुख्य ठाउँमा गर्दा आम नागरिकलाई कति सास्ती हुन्छ, ट्राफिक जाम का कारण कति आवाश्यक जरुरी काम गर्न बाधा अवरोध हुन्छ त्यो ती आयोजकले बुझ्दैनन् या बुझेर पनि वास्ता गर्दैनन्। यस्ता खालका प्रदर्शन का कारण आम नागरिक ले दुःख त पाउँछन् नै त्यसका अलावा फोहर पनि त्यत्तिकै गर्छन्।

यसै कुरा लाई लिएर काठमाडौंका मेयर बालेन साहले एमाले पार्टी लाई सडक फोहर गरे बाफत एक लाख रुपैयाँ जरिवाना गरेको छ। त्यसै पनि प्रधानमन्त्री केपी ओली र मेयर बालेनबीच सुमधुर सम्बन्ध थिएन थप यो निर्णय ले एमाले र बालेन बीच वाकयुद्ध झन् चर्किने देखिएको छ।

प्रजातान्त्रिक समाजमा आफूलाई चित्त नबुझेको कुरा लाई लिएर यस्ता खाले जुलुस प्रदर्शन गर्न पाइन्छ र रोक्न मिल्दैन तर महानगरपालिकाको यो कारबाहीले अब भविष्यमा यस्ता प्रदर्शन गर्नेहरुलाई भने सडक को सरसफाइ प्रती सजग रहन भने स्पष्ट संदेश दिएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १२ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईँ : “नेपालमै छु, भावी रणनीति बनाउँदैछु”

काठमाडौँ । प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईँले आफू नेपालमै रहेको

हवाई इन्धनसँगै डिजेल र मट्टितेलको मूल्य पनि घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर

नेपाल सुपर लिग २०२५ : एफसी चितवनको शानदार सुरुवात

काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन: नेविसंघका जोशी विजयी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)

हिमालय एयरलाइन्सद्वारा पोखरा–ल्हासा नियमित अन्तर्राष्ट्रिय उडान सुरू

काठमाडौं । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक नियमित