२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

चामल बोकेको ट्रक त्रिशुलीमा खस्यो, ३ जनाको उद्धार


४ मंसिर २०८१, मंगलबार  

1.9k
Shares

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ ।

मंगलबार बिहान करिब ६ बजे नवलपरासीबाट काठमाडौँ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो। प्रहरीका अनुसार दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको छ। ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई उद्धार गरिएको हो।

उनीहरुलाई प्रारम्भिक उपचारका लागि मझिमटारस्थित बिहानी फार्मेसीमा पठाइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा ट्रक आफैँ अनियन्त्रित भइ दुर्घटना भइको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ