३ आश्विन २०८३, शनिबार । September 19, 2026

तोसिमाको उम्मेदवारी खारेजीको माग सहित आयोग सर्वोच्चमा


१८ कार्तिक २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले भ्याकेट निवेदन दर्ता गरेको छ।

शुक्रबार अपरान्ह् अदालतको अन्तरिम आदेश बदर गर्न माग गर्दै आयोगले सर्वोचमा भ्याकेट निवेदन दर्ता गराएको आयोगले जनाएको छ । निर्वाचन आयोगले विभिन्न आधार लिएर डा. तोसिमा लाभको पदमा नै रहेको जिकिर गरेको छ । नेपाल मेडिकल काउन्सिलको सदस्यको रुपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको पदमा रहेको भन्न नमिल्ने भन्दै गत मंगलबार न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश सुनाएको थियो ।

दुई दिनअघिको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘लाभको पद’को विषयलाई उपयुक्त व्याख्या गराउन आयोगले प्रयत्न गर्ने बताएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ५ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ