१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

यूईएफए नेसन्स लिगः रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको क्‍वाटरफाइनल यात्रा तय


१ मंसिर २०८१, शनिबार  

33
Shares

एजेन्सी । यूईएफए नेसन्स लिगमा पोल्यान्डमाथि फराकिलो जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा पुगेको छ ।

शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई ५-१ गोल अन्तरले पराजित गर्दै क्‍वाटरफाइनलमा पुगेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यसैगरी राफाया लिओ, ब्रुनो फर्नान्डेस र पेड्रो नेटोले एकरएक गोल गरे । पोल्याण्डका डोमिनिक मार्क्जुकले सान्त्वना गोल फर्काए ।

दोस्रो हाफको ५९औं मिनेटमा लिओले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ७२औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । पेनाल्टीमा रोनाल्डो चुकेनन् र टोलीको अग्रता दोब्बर पारे । त्यसपछि ब्रुनो फर्नान्डेसले उत्कृष्ट गोल गर्दै टोलीलाई ३-० ले अगाडि ल्याए । ८३औं मिनेटमा पेड्रोले गोल थपे भने ८७औं मिनेटमा रोनाल्डोले एक्रोब्याटिक गोल गर्दा पोर्चुगल ५-० को फराकिलो अग्रता बनाउन सफल भयो ।

त्यसको एक मिनेटपछि मार्क्जुकले सान्त्वना गोल फर्काएका थिए । ५-१ को फराकिलो जित निकालेको पोर्चुगल लिग ए ग्रुप १ मा ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ । उसको क्‍वाटरफाइनलमा स्थान सुरक्षित भइसकेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था