१३ बैशाख २०८२, शनिबार । April 26, 2025

मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान



जुम्ला । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर धान नष्ट गरेका छन् ।

ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प नभएको किसानको भनाई छ । धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुने गरेकोमा ब्लाष्ट रोगले धानको बालामा क्षति गरेको छ ।

उन्नत जातको धान रोप्दा चार बोरा मात्रै उत्पादन भएको र बाँकी सबै मार्सी धान सखाप भएपछि आगो लगाउन बाध्य भएको स्थानीय किसान बताउँछन् । धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न कठिन भएको त्यहाँका किसानको गुनासो छ । जेठको पहिलो साता खेतमा मार्सी धानको रोपाइँ भएको थियो । धान उत्पादन नहुँदा उक्त गाउँका ६० घरधुरीलाई यो वर्ष खाद्यान्न अभाव हुने देखिएको गौतमवाडावासीले बताए ।

गौतमवाडाका किसानको निवेदन प्राप्त भएको र पीडित किसानको राहतका लागि पालिकाले पहल गर्ने तातोपानी गाउँपालिकाले जनाएको छ । धानमा रोग फैलिएको सूचना पाएपछि कृषि प्राविधिकसहित जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीसमेत किसानको खेतमा पुगेका थिए।

किसानलाई विषादी छर्न अनुरोध गरिए पनि विषादीले कामै नगरेको उनको भनाइ थियो । उन्नत जातको उक्त धानमा यो रोगको खासै समस्या नरहेको तर मार्सी धानले किरा खप्न नसक्दा बढी क्षति हुने गरेको उनको भनाई छ । जुम्लामा दुई हजार नौ सय हेक्टरमा धानखेती हुँदै आएकामा एक हजार हेक्टरमा मार्सी धानको खेती गरिँदै आएको छ ।

यो वर्ष जिल्लाको कूल धान उत्पादनको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ३ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिविम्ब ओपन स्काउट क्र्यूको सातौँ वार्षिकोत्सव: नयाँ यात्राको उत्साह र संकल्प

काठमाडौं । नेपाल स्काउट अन्तर्गत सञ्चालनमा रहेको प्रतिविम्ब ओपन स्काउट

कान्ति लोकपथ सडकमा १५ दिनसम्म ६ घण्टा सवारी आवागमन बन्द

मकवानपुर । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं जाने प्रमुख मार्गको ठिंगन–बगुवा

एनएसएल २०२५ः विजेतालाई ८० लाख पुरस्कार, उपविजेताले कति पाउँछ ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८०

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२

बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन