९ बैशाख २०८२, मंगलबार । April 22, 2025

जलवायु अनुकुलन पूर्वाधार विकास गर्न राष्ट्रपतिको अनुरोध



मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकुलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन् ।

शुक्रवार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै उनले यस्तो बताएकी हुन् । उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह गरिन् । मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकुलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताउँदै राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह समेत गरिन् ।

उनले जलवायु अनुकुलन र वातावरणमैत्री व्यवहारका लागि अर्थप्रणालीमा पनि सुधार गरेर जानुपर्ने आवश्यक्ता औंल्याईन् । राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधारको विकासमा संघ, प्रेदश र स्थानीय तहको समन्वयकारी भुमिका आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाई थियो । मुस्ताङको कोरला नाकाले मित्रराष्ट्र चीनसँगको व्यापार व्यवसाय गर्न सहज हुने भएकाले उत्पादनको सहज बजार र दुई देशबीचमा स्थलमार्ग हुँदै व्यापार बिस्तारको नयाँ सम्भावना खोल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

थुनाको भित्ता पछाडिबाट सर्वोच्चसम्मको लडाइँ ! आज छुट्लान रवि ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर

झन् चर्कियो शिक्षक आन्दोलन ! मन्त्रीको राजीनामाले पनि रोक्न सकेन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा

सुनको मूल्य नयाँ उचाइमा, तोलाको १ लाख ९७ हजार ९ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ

कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा

बनेपा नगरपालिकाले सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

काठमाडौं। बनेपा नगरपालिकाले सहकारी क्षेत्रका समस्या समाधान गर्नका लागि ‘सेक्योस