२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सहकारी ठगी प्रकरणः रवि लामिछाने र छविलाल जोशीलाई थप ७ दिन म्याद थप


८ कार्तिक २०८१, बिहिबार  

15
Shares

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, डा नारायण कडेल, रास्वपा सांसदसमेत रहेकी सोविता गौतम लगायतले बहस गरेका थिए ।

कास्की जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न गतशुक्रबारदेखि लागू हुनेगरी दिएको ६ दिनको म्याद बुधबार सकिएपछि उनलाई बिहीबार अदालत पेश गरिएको हो। उनको बयान नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

अदालतले रविसहित पूर्वडीआइजी छविलाल जोशी र लिला पछाई‌लाई पनि थप ७ दिन म्याद थपको अनुमति दिएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ