१३ बैशाख २०८३, आइतबार । April 26, 2026

नवरात्रको अन्तिम दिनः महाअष्टमी र महानवमी एकै दिन, कति बजेपछि सुरु हुन्छ महानवमी ?


२५ आश्विन २०८१, शुक्रबार  

627
Shares

एजेन्सी । नवरात्रको नवौं तथा अन्तिम दिन आज महाअष्टमी र महानवमी एकसाथ मनाइँदैछ।

तिथि घटबढका कारण अष्टमी र नवमीको पूजा एकै दिन परेको हो। अष्टमीको अवसरमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ। महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेका छन। त्यो शब्द भगवतीलाई मन परेनछ।

अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ। महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। शुक्रबार दिउँसो १२ बजेर २९ मिनेटसम्म महाअष्टमी रहनेछ भने १२ बजेर ३० मिनेटपछि महानवमी सुरु हुनेछ ।

नवमीका अवसरमा नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्री पूजा आराधना गरिँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।

पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन्।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin