२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

दशैंका लागि गाउँ फर्किनेको संख्या बढ्दै, हालसम्म १ लाख २६ हजारले छाडे काठमाडौं



काठमाडौं । गएको असोज ११ र १२ गतेको अविरल बर्षापछि आएको बाढी र पहिरोले देशका मुख्य मुख्य राजमार्गहरु विग्रिएका छन् ।

जसले बडादशैंको मुखमा आफ्नो जन्मथलो फर्किने यात्रुहरुलाई सास्ती भइरहेको छ । अझै पनि देशको पुर्वी भागमा बर्षा भइरहेकाले पनि ढुक्क भएर यात्रा गर्न सक्ने अवस्थामा यात्रुहरु छैनन् । यस्तो अवस्थामा पनि दशैंका लागि संघिय राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेहरुको संख्या बढिरहेको छ ।

नेपालीहरुको महान चाड बडा दशैंको सुरुवातसँगै विभिन्न काम र अध्ययनका लागि राजधानी काठमाडौं पसेकाहरु घर फर्किन थालेका कारण बालाजु, कलंकी लगायतका क्षेत्रहरुमा चहलपहल बढ्दै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यही असोज १४ गतेदेखि असोज १७ गते बिहानसम्म एक लाख २६ हजार ४ सय ३५ जनाले काठमाडौं छाडिसकेका छन् ।

घटस्थापना सुरु भएसँगै विद्यालयमा बिदा सुरु हुन थालेपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरुको भीड बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ३ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर

आईपीएलः चेन्नईको रोमाञ्चक जितले कोलकाताको प्लेअफ सपना संकटमा

एजेन्सी । गत सिजनको च्याम्पियन कोलकाता नाइट राइडर्सले जारी आइपीएलमा

चार वायुको प्रभाव कायमै, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभरको मौसममा हाल पश्चिमी वायु, स्थानीय वायु तथा

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

रोहित शर्माले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान तथा स्टार ओपनर रोहित