४ बैशाख २०८२, बिहिबार । April 17, 2025

खोज, उद्धार र राहत वितरणमा साथ दिन जिल्ला संघहरुलाई क्रसर व्यवसायी महासंघको अपिल



काठमाडौं । बाढी पहिरो खोज,उद्धार र राहत वितरणमा सरकारी अभियानलाई साथ दिन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सबै जिल्ला संघहरुलाई अपिल गरेको छ ।

महासंघले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै सबै जिल्ला संघहरु बाढी पहिरोमा परेको नागरिकको खोज तथा उद्धा र राहत वितरणमा सरकारी अभियानमा सक्रिय सहभागिताको लागि अपिल गरेको हो । महासंघले मनसुनजन्य विपद्बाट सिर्जित बाढी, पहिरो र डुबानका कारण मुलुकभर आम नागरिकको जनजीवन अस्तव्यस्त हुनुको साथै जनधनको ठूलो क्षति भएको जानकारी दिएको छ ।

महासंघका अध्यक्ष सिताराम न्यौपाने द्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘ हालैको मनसुनजन्य विपद्बाट सिर्जित बाढी, पहिरो र डुबानका कारण मुलुकभर आम नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । साथै जनधनको ठूलो क्षति भएको कुराबाट हामी अनविज्ञ छैनौँ । यस दुःखद् घडीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ गहिरो दुःख व्यक्त गर्दछ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबै व्यक्तिहरुप्रति महासंघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

साथै मृतकका परिवाजनप्रति समवेना व्यक्त गर्दछ । महासंघ घाइतेहरुको निःशुल्क उपचार गर्ने सरकारी कदमको प्रशंसा गर्दै विपत्तिका कारण विस्थापित भएका नागरिकहरुलाई यथाशिघ्र राहत उपलब्ध गराई उनीहरुको पुनःस्थापनाको उपयुक्त व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गर्दछ । साथै महासंघ आफ्ना सबै जिल्ला संघहरु तथा मुलुकभरका क्रसर तथा खानी उद्योग व्यवसायीहरुलाई यस प्राकृतिक विपत्तिका कारण विस्थापित सबै नागरिकहरुलाई खोज तथा उद्धार गरी राहत उपलब्ध गराउने सरकारी अभियानमा सक्रियताका साथ सहभागी हुन आग्रह गर्दै यस प्राकृतिक प्रकोपबाट प्रभावित सबै क्रसर तथा खानी उद्योग व्यवसायीहरुलाई आफ्नो क्षतिको विवरण महासंघको सचिवालयमा उपलब्ध गराइदिनुहुन समेत अपिल गर्दछ ।’

महासंघले प्राकृतिक प्रकोपबाट प्रभावित सबै क्रसर तथा खानी उद्योग व्यवसायीहरुलाई आफ्नो क्षतिको विवरण महासंघको सचिवालयमा उपलब्ध गराइ आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोप

बर्दघाट योग शिविर : तेस्रो दिनको प्रशिक्षण जीवनकला गौतम भुसालबाट सम्पन्न

नवलपरासी । बर्दघाट नगरपालिका– ७ स्थित त्रिनेत्रज्येष्ठ नागरिकदिवा सेवाकेन्द्रको आयोजनामा

लाख ९० हजार नाघ्यो सूनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो उछाल आएको

इन्फोडेभलपर्स र वन पोइन्टबीच डिजिटल बैंकिङ सशक्तिकरणका लागि सहकार्य

काठमाडौं । नेपालको प्रख्यात सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रा.लि.

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग