२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

पाल्पा क्षेत्र नं-२

छैटौँ पटक उम्मेदवार बनेका पाण्डेलाई ठाकुरले देलान् टक्कर ?

पूर्वसहकर्मी नै मुख्य प्रतिस्पर्धा रहेकाले चुनावी नतिजा रोचक



पाल्पा । पाल्पा क्षेत्र नं-२ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार सोमप्रसाद पाण्डे र नेकपा (एमाले) का ठाकुर गैरेबीच प्रतिस्पर्धा रोचक बनेको छ ।

पूर्वसहकर्मी नै मुख्य प्रतिस्पर्धा रहेकाले चुनावी नतिजा रोचक हुने मतदाताहरू बताउँछन्। गठबन्धनका उम्मेदवार पाण्डे छैटौँ पटक चुनावी मैदानमा छन्, भने एमालेका उम्मेदवार गैरे पहिलनेपटक निर्वाचनमा होमिएका छन् । पाण्डे २०५१ सालदेखि पाल्पाबाट चुनाव लड्दै आएका छन् ।

यसपाली उनले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाएका छन् । ‘सिद्धबाबाको बाटोमा सुरुङमार्गको योजना अगाडि बढेको छ’, पाण्डेले भने, ‘यो क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो ।’ विगतमा व्यवस्था परिवर्तनका लागि लडेको उल्लेख गर्दै उनले यो निर्वाचनले विकास र समृद्धिको रेखा कोर्ने उल्लेख गरेक ।

पाल्पाको क्षेत्र १ मा २०५१ सालदेखि नै एमालेका उम्मेदवार विजयी हुँदै आएका छन् । क्षेत्र नं २ मा २०५१, २०५६, २०७० र २०७४ मा सोमप्रसाद पाण्डे् विजयी भएका थिए । उनी त्यतिवेला एमालेमै थिए । विसं २०६४ मा नेकपा माओवादीकी लीला सोमैसँग उनी पराजित भएका थिए ।

यस्तै पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका नेकपा (एमाले) का गैरेले समग्र पाल्पाको एकीकृत विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । राष्ट्र र राष्ट्रियताका सवालमा आवाज उठाउँदै आएका उनले पनि चुनावी प्रतिबद्धतामा सिद्धबाबाको बाटो निर्माणलाई उल्लेख गरेका छन् । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाण्डे र गैरले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

पाल्पाको विकासको खाका लिएर आएको भन्दै दुवैजनाले मतदाता रिझाउन थालेका छन् । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य गरी ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा पाण्डे र गैरेकै बीच हुने देखिन्छ ।

सदरमुकाम तानसेन नगरपालिकासहित बगनासकाली, रिब्दीकोट, रैनादेवी र तिनाउ गाउँपालिका यो निर्वाचन क्षेत्रभित्र पर्दछन् । क्षेत्र नं १ मा भने यस पटक एमालेबाट नारायणप्रसाद आचार्य र नेपाली कांग्रेसबाट ज्ञानबहादुर गाहाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुवैको चुनावी एजेण्डा ‘विद्युतीकरण’ रहेको छ । निस्दी गाउँपालिकाका तीन वडामा अहिले पनि विद्युत् पुगेको छैन । यहाँका नागरिक टुकीमाथि निर्भर छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको