१ आश्विन २०८३, बिहिबार । September 17, 2026

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बर्षा झापामा, हवाई उडान पुर्ण प्रभावित


११ आश्विन २०८१, शुक्रबार  

15
Shares

झापा । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बर्षा झापामा भएको छ ।

गएराति देखि परेको अविरत बर्षाका कारण यतिबेला झापाका विभिन्न नदी तथा खोलाहरुमा बाढी आएको छ । झापाको चन्द्रगढी विमानस्थलमा रहेको जल तथा मौसम विभागको मापन केन्द्रका अनुसार झापामा हालसम्म ३ सय २ मिलिमिटर बर्षा भएको छ ।

यसैबीच कचनकवल गाउँपालिका–२ स्थित अमरखुट्टा खोला तर्ने क्रममा आज दिउँसो प्र १–०२–००५ प ६९७८ नम्बर प्लेट भएको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । यद्यपी मोटरसाइकल चालक सोही ठाउँमा बस्ने २७ बर्षीय रवीन भट्टराई भने सकुशल रहेका छन् ।

निरन्तरको बर्षाले झापामा हवाई उडान समेत प्रभावित भएको छ । शुक्रबार झापाको चन्द्रगढी विमानस्थलमा कुनैपनि उडान तथा अवतरण नभएको विमानस्थल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ