२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बर्षा झापामा, हवाई उडान पुर्ण प्रभावित



झापा । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बर्षा झापामा भएको छ ।

गएराति देखि परेको अविरत बर्षाका कारण यतिबेला झापाका विभिन्न नदी तथा खोलाहरुमा बाढी आएको छ । झापाको चन्द्रगढी विमानस्थलमा रहेको जल तथा मौसम विभागको मापन केन्द्रका अनुसार झापामा हालसम्म ३ सय २ मिलिमिटर बर्षा भएको छ ।

यसैबीच कचनकवल गाउँपालिका–२ स्थित अमरखुट्टा खोला तर्ने क्रममा आज दिउँसो प्र १–०२–००५ प ६९७८ नम्बर प्लेट भएको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । यद्यपी मोटरसाइकल चालक सोही ठाउँमा बस्ने २७ बर्षीय रवीन भट्टराई भने सकुशल रहेका छन् ।

निरन्तरको बर्षाले झापामा हवाई उडान समेत प्रभावित भएको छ । शुक्रबार झापाको चन्द्रगढी विमानस्थलमा कुनैपनि उडान तथा अवतरण नभएको विमानस्थल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप