१४ बैशाख २०८२, आइतबार । April 27, 2025

जाइस् अप्टिक्स भएको भिभो भि–४० प्रिमियम स्मार्टफोन नेपालमा सार्वजनिक



काठमाडौं । स्मार्टफोनको चर्चित ब्रान्ड भिभोले   भी ४० सार्वजनिक गरेको छ । 

भि ४० व्यावसायिक स्तरको पोर्ट्रेट सिस्टम सहितको नवीनतम प्रविधि भएको स्मार्ट फोन भएको कम्पनीले जनाएको छ । स्मार्टफोनबाट लिइने पोर्ट्रेट फोटोग्राफीको अनुभवलाई थप उचाइमा पुर्‍याउने गरी डिजाइन गरिएको कम्पनीको दाबी छ । भिभोले सार्वजनिक गरेको ५ हजार ५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन बताइएको छ । भि४० मा उच्च ’थ्रीडी कर्भ’ स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।

जसले फोनको आकर्षक दृश्य र टिकाउपन दुवैको सुनिश्चितता गर्छ । सिनेमेटिक भिडियोमा प्रयोगकर्ताहरूलाई कलात्मक फिल्म निर्माणको लागी २:३९:१ आस्पेक्ट रेसियोमा भिडियो खिच्न सकिन्छ । फोटोग्राफी तर्फ भने यसमा एफ् १.८८ अपर्चर सहितको १/१.५६ इन्चको सामसुङ आइसोसेल जिएनजे सेन्सर भएको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा रहेको छ ।

जसले कम प्रकाशमा पनि स्पष्ट पोर्ट्रेटहरू खिच्न सक्दछ । शक्तिशाली अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस्) भएकाले धमिलोपन कम गर्दै स्पष्ट र उज्यालो फोटोहरू लिन सकिन्छ । निलो र सेतो मिसिएको चन्द्रमा रङ्गको सेतो र बैजनी रङ्गको नेबुला पर्पल गरी दुई आकर्षक रङ्गहरूमा मोबाइल उपलब्ध हुने छ । जसमा एजि फ्लोराइड शिमर र एन्टी–फिंगरप्रिन्ट कोटिङ सुविधा रहने छन् ।

क्वालकम स्न्यापड्र्यागन ७ जेन ३ द्वारा संचालित भिभो भि४० मा १२/१२ जिबी को र्‍याम रहेको छ । ६५ हजार ९९९ मूल्यमा बजारमा आएको यो फोनको लागी प्री–बुक गर्दा उपहार समेत पाइने कम्पनीले जनाएको छ । प्री–बुक गर्ने ग्राहकहरूलाई एक सेट इयरबड्स र पहिलो तीन महीना स्क्रिन रिप्लेस्मेन्ट ग्यारेन्टि पाउने छन् । 

प्री–बुकिङ २०२४ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४ सम्म खुल्ला रहने छ । 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनएसएलः ललितपुर लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा ललितपुर सिटी

प्रतिविम्ब ओपन स्काउट क्र्यूको सातौँ वार्षिकोत्सव: नयाँ यात्राको उत्साह र संकल्प

काठमाडौं । नेपाल स्काउट अन्तर्गत सञ्चालनमा रहेको प्रतिविम्ब ओपन स्काउट

कान्ति लोकपथ सडकमा १५ दिनसम्म ६ घण्टा सवारी आवागमन बन्द

मकवानपुर । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं जाने प्रमुख मार्गको ठिंगन–बगुवा

एनएसएल २०२५ः विजेतालाई ८० लाख पुरस्कार, उपविजेताले कति पाउँछ ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८०

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता