२० चैत्र २०८२, शुक्रबार । April 3, 2026

एएफसी यू–२० एशियन कप छनोटः समिरको ह्याट्रिकमा नेपालको जित


७ आश्विन २०८१, सोमबार  

465
Shares

काठमाडौं । नेपालले एफसी यू–२० एशियन कप छनोट खेलमा आज भएको खेलमा घरेलु टोली चाइनिज ताइपेलाई ३–१ गोलले पराजित गरेको छ।

न्यु ताइपेस्थित फु जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा भएको खेलमा समिर तामाङले ह्याट्रिक गर्दै नेपाललाई ३ अंक दिलाए। जितसँगै समूह ‘बी’ को नेपालले २ खेलबाट ३ अंक जोडेको छ। दुवै खेलमा पराजित चाइनिज ताइपे अंकविहिन छ। नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो भने चाइनिज ताइपे पहिलो खेलमा बहराइनसँग १–० ले पराजित भएको थियो।

खेल शुरु भएको ३२औँ मिनेटमा समिरले गरेको पहिलो गोलबाट नेपालले अग्रता लियो। पहिलो गोल गरेको ३ मिनेटमा नै समिरले फेरि अर्को गोल गरेर नेपाललाई २–० को अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा याङ चाओजिङले गोल गरेर ताइपेलाई खेलमा फर्काउने प्रयास गरे।

खेल सकिन ६ मिनेट बाँकी रहँदा समिरले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर नेपाललाई सहजै ३–१ गोलले जिताए। प्रतियोगितामा उनको यो चौथो गोल हो। यसअघि उनले कम्बोडियाविरुद्ध पनि एक गोल गरेका थिए।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र