६ आश्विन २०८१, आइतबार । September 23, 2024

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खुल्ने



काठमाडौं । यस वर्षको दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला हुने भएको छ ।

शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सात बुँदे निर्णय गरेको छ।

बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ। बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय पनि गरेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात मन्त्रालय र गृह मन्त्रालयमा छलफल भएको र अब एक–दुई दिनमा यातायात व्यवस्था विभागसँग बैठक गरेपछि अग्रिम टिकट खुला हुने जानकारी दिएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईँलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । आज पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १०

हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण

काठमाडौं । हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

११ दशमलव ५८ अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार दिउँसो

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५८ हजार ८ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।