२४ चैत्र २०८१, सोमबार । April 7, 2025

नेपाल टेलिकमको संविधान दिवस ‘अफर’ मा के–के छन् फाइदा ?



काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि संविधान दिवस अफर उपलब्ध गराएको छ ।

सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुनेछ । यस अन्तर्गत रु.४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १ सय ११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १ सय ९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु.२ सय ९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३ सय ९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु. ७ सय ८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

आगामी असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6#  डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

राप्रपाले भृकुटीमण्डपमा जनसभा गर्न पाएन, अब कहाँ हुन्छ ?

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई भृकुटीमण्डपमा आयोजना गर्ने योजना

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइने, थुनामा पठाउने प्रक्रिया सुरु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र निलम्बित सांसद

शिक्षकका समस्याको तत्काल समाधान गर्न नेकपा (एस) को आग्रह

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले शिक्षा ऐन तुरुन्त पारित गर्न

कर्णाली प्रदेशमा पाठ्यपुस्तकको आपूर्तिमा ढिलाइ, विद्यार्थीको हातमा पुस्तक नपुग्ने चिन्ता

सुर्खेत। कर्णाली प्रदेशका दश जिल्लामा आगामी शैक्षिक सत्र सुरु हुनु

यामाहाको ‘मेगा एक्सचेन्ज अफर’ भैरहवा र बुटवलमा सुरु

बुटवल । यामाहाले बिहीबारदेखि आफ्नो ‘मेगा एक्सचेन्ज अफर’ सुरू गरेको