२८ बैशाख २०८२, आइतबार । May 11, 2025

सल्यानमा बोलेरो जीप दुर्घटना, चालकसहित पाँच जना घाइते



सल्यान । सल्यानमा सोमबार बेलुका जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् ।

त्रिबेणी गाउँपालिक-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जीप पुतली दरबारनजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते हुनेमा त्रिबेणी गाउँपालिका-३ का चालक २८ वर्षीय कमल रेउले, वडा नं ४ का ५५ वर्षीय टोपबहादुर साहु, सोहो वडाका ५५ वर्षीया लाली रावत, ४० वर्षीया पुर्णकला बस्नेत र २९ वर्षीय रबिन्स महतरा रहेका छन् ।

घाइते सबैको अवस्था मध्यम रहेकोमा केहीलाई लुहाम बजार र केहीलाई उपक्षेत्रीय अस्पताल तुलसीपुर लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकबाट २५ मिटर तल झरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको