२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

गोरखामा माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्छ : अध्यक्ष दाहाल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताएका छन् ।

बुधवार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन । उनले रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भुमिका खेल्ने शक्ति आर्जन हुने उल्लेख गर्दै गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय गराउनुपर्नेमा जोड दिए ।

उनले चुनाव जितिहालिन्छ भन्नेर ढुक्कसँग नबस्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । एक–एक मतको संरक्षण गर्न र मतलाई मतपेटिकासम्म पुर्‍याउन ध्यान दिन उनले आग्रह गरेका छन् । अध्यक्ष दाहालले जनताको घर–घरमा गएर मतदाता शिक्षा दिन आग्रह गरे । उनले आफू गोरखामा चुनाव लड्न आउनु गोरखाबासीका लागि चुनौती भएको पनि बताए ।

आफू कहाँ जान्छ, कहाँ बस्छ भन्ने कुरा माइक्रोस्कोपबाट हेरिने गरेको भन्दै सो कुरा गोरखावासीका लागि चुनौती भएको उनको भनाई छ । उनले मनोनयन दर्ता गर्न जाँदा बाजा बजाएको सम्बन्धमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेको विषय उल्लेख गर्दै आफ्नो बाजा बजाउने योजना नभएको बताए । बाजा बजाउने निर्णय आफ्नो नभएकाले बाजा बज्दैछ भन्ने पनि थाहा नपाएको कुरा उनले पुनः दोहोर्‍याएका छन् ।

अध्यक्ष दाहालले राष्ट्रिय एकताको सन्देश दिनका लागि आफू गोरखामा गएर चुनाव लडेको समेत बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको