२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

दुई दिनदेखि अन्धकार बझाङ



बझाङ । डडेलधुरा जोड्ने राष्ट्रिय प्रसारण लाइनअन्तर्गत डडेल्धुराको भालुमारे जंगलमा सल्लाको रुख ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ।

यसअघि तमैल नजिकैको भीरमा पहिरो खसेर तार च्यातिएर अवरुद्ध भएको विद्युत मर्मत गरिए पनि डडेलधुराको भालुमारे अविरल वर्षाका कारण ठूलो सल्लाको रुख ढल्न गइ दुई पोल ढलेर चारवटा पोलको तार च्यातिँदा विद्युत सेवा सुचारु गर्न समस्या भएको हो। जंगलको बीचमा ठूलो रुख ढलेको र दुईवटा पोल व्यवस्थापन गरि तार जोड्न समय लाग्ने हुँदा आज विद्युत सुचारु हुने नहुने अन्योल बनेको वितरण केन्द्र बझाङले जनाएको छ ।

विद्युत अभावका कारण सञ्चार सेवा प्रभावित भएको छ भने सञ्चारमाध्यम, व्यापार व्यवसायीसँगै सर्वसाधारण मारमा परेका छन्। विद्युत नहुँदा सदरमुकाम चैनपुर र आसपासमा खानेपानी वितरण गर्दै आएको चैनपुर साना सहरी खानेपानी उपभोक्ता समितिले खानेपानी आपूर्ति गर्न छोडेको छ।

सदरमुकाम र आसपासका बस्तीमा खानेपानी हाहाकार हुँदा बर्खायाममा समेत यहाँका स्थानीय सेती नदी र बाहुली खोली दूषित पानी प्रयोग गर्न बाध्य भएका छन्।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा ड्यामसाइड नजिकै बिहीबार साँझ